आचार्यको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 09:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सर्वसम्मत रुपमा  नयाँ नेतृत्व चयन गरेको छ । आइतबार भएको भेलाले कृष्ण आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्कि र मोहन कुमार डाँगी छन् । त्यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत वहादुर खत्री, राम आचार्य र बलराम खतिवडा चयन भएका छन् । कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् भने सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम, ब्लोन लामा, भरत लामिछाने थापा चयन भएका छन् । कार्य समितिको महिला सदस्यमा कविता पोखरेल कँडेल र अभिज्ञा मल्ल चयन भएका छन् । 

यस अघि नयाँ कार्य समितिको लागि  सुर्य अधिकारी र कृष्ण आचार्य प्यानल सहित निर्वाचनमा जाने तयारी गरेका थिए । तर निर्वाचन अन्तिम समयमा आएर रोकिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved