डिसेम्बरबाट माथिल्लो तामाकोशीको बिजुली बल्ने, २२ मेगावाटको अर्को आयोजना बनाउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 08:52:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट २०२० को डिसेम्बरमा विद्युत उत्पादन लक्ष्य राखिएको बताएका छन् ।  प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै उनले पहिलो युनिटबाट २०२० को डिसेम्बरमा र सबै ६ वटा युनिटबाट फेब्रुअरी २०२१ सम्ममा विद्युत उत्पादन  गरिसक्ने लक्ष्य रहेको बताएका हुन् ।

उनले ४५६ मेगावाटको आयोजनाको  चुनौतिको  रूपमा  रहेको  ३६७ मिटरको तल्लो र ३०५ मिटरको माथिल्लो भर्टिकल साफ्ट २ जुलाई २०२० मा सम्पन्न भएको जनाएका छन्। 

साथै  माथिल्लो  तामाकोशी  जलविद्युत  कम्पनीबाट  इन्जिनियरीङ प्रोक्यूरमेन्ट र कन्ट्रक्सन (Engineering, Procurement & Construction) पद्दतिमा २२ मेगावाटको रोलवालिङ खोला जलविद्युत आयोजना निमार्ण गर्न प्राप्त बोलपत्रहरूको मूल्याङकन गर्ने कार्य भइरहेको बताएका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved