एक दिनको बाढीले ११ लघुजलविद्युत आयोजनामा क्षति

रासस

रासस

Sep 05, 2020 | 05:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ ।

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अबरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । विपद्स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताइन्। “भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ”, उनले भनिन्, “बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।” क्षति पुगेका आयोजनामध्ये कोही बृहद् र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।

उनका अनुसार विद्युत् सुचारु गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यसक्षेत्रका सर्वसाधारण लघु जलविद्युत्का भरमा छन् । लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताए । “बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ”, उनले भने, “दुवै टावरमा सौर्य उर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।” दुई÷चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उनले बताए ।

बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अबरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पु¥याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पु¥याएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आशिंक क्षति पुगेको छ । एउटा स्वास्थ्य चौकी भवन, दुई विद्यालय, ११ वटा झोलुङ्गे, पाँच वटा ढलान र दश वटा काठे पुलमा क्षति पुगेको जनाइएको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved