नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने अष्ट्रेलियाको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 04:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाट भन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपत समेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो ।

त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच  भर्चुअल बैठकसमेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालकालागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममाऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमालिएको बए । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागतगर्दै मन्त्री पुनले त्यसकालागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पार । 

कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे । 

तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो ।

‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपतपनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।’ मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्रभएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगकालागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गर । 

। अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासकालागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरे । 

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गरे । उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved