बत्ति काटिने क्रम बढेपछि प्राधिकरणमा छलफल, कर्मचारीले गरे यस्तो ब्रिफिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 08:25:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत सेवामा गुनासो बढेपछि नेपाल विद्युत प्राधिकरणले उच्च ब्यबस्थापकीय कर्मचारीहरुसँग छलफल गरेको छ । प्राधिकरणका कार्यबाहक कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणका उपकार्यकारी निर्देशक, बागमती प्रादेशिक कार्यालय, प्रणाली नियन्त्रण  र ग्रिड बिभागका निर्देशकहरु, महाशाखा र उपत्यका स्थित वितरण केन्द्रका प्रमुखहरु र सम्बन्धित अन्य कर्मचारीहरुसंग  छलफल गरेका हुन्। 

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार देशभर बिद्युत प्रसारण,  वितरण र आपूर्तिमा आएको भनिएको अवरोध तथा अनियमितता ( interuption) एवम् विद्युत उपभोक्ताहरुको मिटर रिडिंग र बिलिंगमा आएको जनगुनासो सम्बन्धमा छलफल भएको हो  । 

छलफलमा प्रसारण, प्रणाली नियन्त्रण र वितरण कार्यालयका  अधिकारीहरुले  बाहिर प्रचार गरीएजस्तो पहिलेभन्दा बढी आपूर्तिमा अवरोध तथा समस्या आएको नभई वर्षापछिको यो  समयमा लाइन मर्मत , bush cutting लगायतका निरोधात्मक ( preventive maintenance) किसिमका  कामहरु भैरहेकोले आममानिसमा त्यस्तो गलत संदेश गएको हुनसक्ने  ब्रिफिङ गरेका छन् । त्यस्तै पुरानो वितरण प्रणाली तथा सब-स्टेशनहरुमा   बेलाबखत बिभिन्न  प्राबिधिक समस्याले अवरोध (trip) आउने गरेको, यो पहिले पनि हुने गरेको र त्यसलाई तत्कालै प्राबिधिकहरु पठाएर मर्मत गरी यथासक्य चाडो बिद्युत सुचारु गरिने गरेको  ब्रिफिङ गरेका छन् । 

छलफलको क्रममा यसबारेमा सबै सम्बन्धित केन्द्रप्रमुखहरुले उपभोक्तालाइ उपयुक्त  सूचनाका माध्यमबाट अग्रीम जानकारी गराउन कार्यकारी निर्देशकले निर्देशन दिएका छन् । कार्यकारी निर्देशकले  गुनासोलाइ निरुपण गर्दै सक्दो कुनै गुनासो नै नआउने गरी र आउदै गरेका  ठुला चाडपर्वमा अनवरत बिद्युत आपूर्तिको लागि सबैले  सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved