विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 12:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । उर्जा मन्त्रालयले प्राधिकरण कै उपकार्यकरी निर्देशक रहेका शाक्यलाई अर्को ब्यबस्था नहुँदासम्मको लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो 

प्राधिकरण कै सहायक कम्पनी  ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर मन्त्रालयले शाक्यलाइ जिम्मेवारी दिएको हो । शुक्रबार बसेको प्राधिकरणको संचालक समितिको बैठकमा प्राधिकरणका अध्यक्ष तथा उर्जा मन्त्री वर्षमान पुनले शाक्यलाई काजबाट फिर्ता बोलाई प्राधिकरण मै हाजिरी गराउन निर्देशन दिएका थिए ।  प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएपछि उनी नै सबैभन्दा उच्च बरियताका उपकार्यकारी निर्देशक बनेकोले उनले नै जिम्मेवारी पाएका हुन्

कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएपछि प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेका उप कार्यकारी निर्देशक मध्ये सबै भन्दा माथिल्लो बरियताका लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । कोइराला र शाक्य दुवै १२ औ बरियताका उपकार्यकारी निर्देशक हुन् । तर बरियताको हिसाबमा शाक्य अगाडी छन् । सोहि कारण शाक्य केन्द्रीय कार्यालयमा आएपछि उनले नै निमित्त पाएका हुन् । यस संगै कोइरालाको जिम्मेवारी खोसिएको छ । 

निमित्तपछि उनलाई नै उपकार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी सरकारले गरेको स्रोत बताउछ । शाक्यले सार्वजनिक रुप मै प्राधिकरण भित्र बाट नै कार्यकारी निर्देशक नियुक्त भएको खण्डमा आफ्नो पनि दाबी रहने बताएका थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved