रसुवागढी र सान्जेनको प्रसारण लाइनमा पर्ने जग्गालाई क्षतिपूर्तिको प्रक्रिया सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 12:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

२२० केभी क्षमताको चिलिमे-त्रिशुली प्रसारणलाइनमा पर्ने जग्गाधनीहरुलाई क्षतिपुर्ति दिने प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले प्रसारणलाइन अन्तर्गतको रसुवा  जिल्लामा पर्ने प्रभावितहरुलाई क्षतिपुर्ति दिने प्रक्रिया सुरु गरेको हो।

कार्यालयले रसुवा जिल्लामा पर्ने टावरको दायाँ र बायाँ १५ मिटर भित्र परका जग्गाहरु, भौतिक संरचना, घर टहरा पर्ने व्यक्ति तथा संस्थालाई क्षतिपुर्ति दिन सूचना निकालेको हो । ति स्थानमा जागा वा अन्य संरचना भई क्षतिपुर्ति लिन योग्य व्यक्ति तथा संस्थालाई हकदाबी भोगचलनको प्रमाण सहित ३० दिनभित्र कार्यालयमा निवेदन दिन कार्यालयले आग्रह गरेको छ। साथै कार्यलयले  टावर बनाईने दायाँ र बायाँ १५ मिटर भित्र कुनै पनि संरचना नबनाईदिन आग्रह गरेको छ। 

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा निर्माणाधिन ११० मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन लगायतका आयोजनाको विद्युत यहि प्रसारण लाइन हुदै राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । प्रशारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा ति आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आउँन सक्छ । यस्तो अवस्था आएमा नेपाल विद्युत प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved