पहिलोपटक जलश्रोत नीति सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 05:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति २०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले बिहीबार नीति सार्वजनिक गरेका हुन् । 

उजलश्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिंचाइ, विद्युत, जलउत्पन्न विपदव्यवस्थापनका फरक फरक नीति भएपनि एकीकृत नीति थिएन । मन्त्रीपुनले सार्वजनिक गरेको नीतिका ७ उद्देश्य छन् । नीतिमा ११ वटा रणनीति समेटिएका छन् । २० पृष्ठ लामो नीतिले जलश्रोतको बहुआयामिक तथा दिगो विकास र बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मूल उद्देश्यलिएको छ । यस्तै जलश्रोतको अध्ययन, अनुसन्धान, बहुउद्देश्यीय उपयोग, विकास, व्यवस्थापन, नियमन र संरक्षणलाई नीतिले उच्च प्राथमिकतामा राखेको छ । 

नीतिका अन्य उद्देश्यमा नागरिकको आवश्यकता परिपूर्तिकालागि आवश्यक पर्ने जलश्रोत जन्य सेवा सुविधा सहज, सुलभ, सुपथ र समन्यायिक तबरले उपलब्ध हुने गरी जलश्रोत क्षेत्रको विकास गर्ने, आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुने गरी जलश्रोतको विकास र उपयोगको व्यवस्था मिलाउने र जलउत्पन्न विपदको न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने पनि नीतिका लक्ष्य छन् ।

नीतिमा जलश्रोत क्षेत्रको अध्ययन, अनुसन्धान, तथ्याङ्क संकलन, विश्लेषण, अभिलेखीकरण, नियमनतथा संरक्षणको काम जल तथा ऊर्जा आयोगले गर्ने व्यवस्था गरेको छ । यस्तै आवश्यकताअनुसार जलश्रोतको उपयोग, विकास, व्यवस्थापनतथा संरक्षणका लागिप्रदेश तथा स्थानीयतहमा समेत निकायहरु स्थापनागर्न सकिने बाटो नीतिले खोलिदिएको छ । विकास आयोजनाहरुको निर्माण गर्दा जलश्रोतको संरक्षण गर्नुपर्नेमा नीतिले जोड दिएको छ । यस्तै नीतिमा जलश्रोतका अति महत्वपूर्ण तथा संवेदनशील क्षेत्रहरुलाई जलश्रोत संरक्षित क्षेत्र घोषणा गरिने उल्लेख छ । यस्तै मुलुकमा उपलब्ध तातोपानीका मुलहरुको पहीचान गरी त्यसको बहुउद्देश्यीय उपयोग गर्ने विषयपनि नीतिमा छ । प्रमुख नदीहरुबाट जलयातायातको माध्यमबाट समुद्रसम्म पहुँचको व्यवस्थागर्न छिमेकी मुलुकहरुसँगको सहकार्यमा नीतिले जोड दिएको छ ।

यस्तै प्रमुख नदीहरुमा पहिचान भएको बहुउद्देश्यीय आयोजनाको अवयवका रुपमा जलयातायातसमेत समावेश गरिने नीतिमा छ । जलश्रोतको उपयोग एवं व्यवस्थापन गर्दा एकीकृत जलश्रोत व्यवस्थापनको अवधारणा अनुसार खानेपानी, सिंचाइ, विद्युत, पर्यटन, जलयातायात, उद्योृग, मत्स्यपालन जस्ता बहुउद्देश्यीय आयोजनाहरुलाई प्राथमिकता दिने नीतिको लक्ष्य छ । नीतिमा कृषि योग्यभूमिमा वर्षैभरि सिंचाइ सुविधा पु¥याउने, सर्वसुलभ रुपमा खानेपानी सेवाउपलब्धहुने, वर्षा र सुख्खायामबीचको जलविद्युत उत्पादन क्षमताको भिन्नतालाई कम गर्ने, बाढी विपदलाई न्यूनीकरण गर्ने, औद्योगिक प्रयोजन, मत्स्यपालन, नौकाबिहार जस्ता जलक्रिडा लगायतका अन्य प्रयोजनकालागि वर्षैभरि पानी उपलब्ध गराउने, बहुउद्देश्यीय जलासययुक्त तथा अन्तर जलाधार जलस्तान्तरण आयोजनाहरुको विकासलाई प्राथमिकता दिने उल्लेख छ । यस्तै एक स्थानको पानी आवश्यकता अनुसार अर्को स्थानमा लगेर प्रयोग गर्न सकिने व्यवस्थापनि गरिएको छ । नीतिले प्रत्येक नदी बेसिनमा रहेको जलश्रोतको उपलब्धता, परिणाम, गुणस्तर, विद्यमान उपयोग, भावी आवश्यकता र आपूर्तिको स्थितिसम्बन्धी विवरण तथा तथ्याङ्क तयार गरी अध्या वधिक गर्ने उद्देश्य लिएको छ ।

खोलानाला तथा तालतलैयाहरुको आकृतिमा परिरहेको असरसम्बन्धी विवरण तथातथ्याङ्क तयार गरी अद्यावधिक गर्ने नीतिको उद्देश्य छ । जलश्रोतका सम्पूर्ण विवरण तथातथ्याङ्क विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने भएको छ । नीतिको मस्यौदा तयार पार्नुअघि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिव, स्थानीय जनप्रतिनिधि, जलश्रोतका क्षेत्रमा कामगर्ने विज्ञ तथा संघीय संसदको कृषि तथा प्राकृतिक श्रोत साधन समिति तथा जलश्रोतसँग सरोकार राख्ने सरकारका विभिन्न मन्त्रालयसँग सुझाव संकलन गरिएको थियो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved