चार्जिङ स्टेशन बनाउनेलाई सुविधै सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 02:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेशन बनाउनेलाई प्याकेजमै सुविधा दिने भएको छ । प्राधिकरणले प्राविधिक सहयोगदेखि ट्रान्सफर्मरसम्म सहयोग गर्ने गरी प्याकेज नै उपलब्ध गराउने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले चार्जिङ स्टेशन बनाएर सञ्चालन गर्न इच्छुकका लागि आवेदन माग गरिएको छ । आवेदन दिएर छनोटमा पर्नेहरुले प्राधिकरणबाट उपलब्ध हुने प्याकेज पाउने छन् ।

के के पाउँछन् सुविधा ?

प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालन गर्ने व्यक्ति तथा कम्पनीहरुलाई विद्युत् ट्रान्सर्फमर, प्राविधिक सल्लाह सुझावसहित पेमेन्ट गेटवेसँग कनेक्सन गराईदिनेछ । 

अनलाइनमार्फत चार्जिङ शुल्क तिर्न सकिने गरी पेमेन्ट गेटवेसँग कनेसक्न गराईने र यसका लागि प्राधिकरणले नै चार्जिङ स्टेशनले पूरा गर्नुपर्ने प्रक्रिया एकमुष्ट रुपमा एकद्वार प्रणालीमार्फत पूरा गरिदिने छ ।

चार्जिङ स्टेशनमा लगानी गर्नेलाई भविष्यमा राम्रो प्रतिफल पाउने ग्यारेन्टी पनि प्राधिकरणले नै लिने गरी प्याकेज नै उपलब्ध गराउन लागिएको बताईएको छ । पेट्रोल पम्प जस्तै गरी विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक व्यक्ति, निजी तथा सार्वजनिक संस्था तथा फर्मले आवेदन दिन पाउने छन् ।

आवेदन दिन के के चाहिन्छ ?

चार्जिङ स्टेशन बनाउन आवेदन दिँदा स्टेशन रहने बाटोको नाम, बाटोदेखि प्रस्तावित क्षेत्रको दूरी तथा ११ केभी विद्युत् वितरण लाइनको दूरी र स्पष्ट देखिनेगरी जग्गाको तस्वीर उल्लेख गर्नुपर्नेछ ।

निर्माण स्थलको भौगोलिक अवस्थाको हालको नक्सा पनि आवेदनमा समावेश गर्नुपर्नेछ ।  

प्रस्तावित जग्गाको क्षेत्रफल, चार्जरको प्रकार, विषेशता, स्टेशनको साइज, कति वटा चार्जर रहने हो त्यसको संख्या, एक पटकमा कति सवारी चार्ज गर्न सकिन्छ भन्ने क्षमता, सवारी र मोडल समावेश हुनुपर्नेछ ।

स्टेशन राख्न प्रस्ताव गरिएको क्षेत्रको वरपर भएका होटल, पसलसहित अन्य सुविधाहरु पनि खुलाउनु पर्नेछ । 

उक्त स्थानमा प्राधिकरणको सम्वन्धित वितरण केन्द्र, सव स्टेशन र त्यसको दूरी पनि खुलाउनु पर्नेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved