काठमाडौँका विभिन्न ठाउँमा आज ४ घण्टा बत्ती नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 09:11:41 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि ४ घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चण्डोल क्षेत्रमा लिंक स्विच जडान गर्नुपर्ने भएकाले सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ । मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि ३ बजेसम्म बत्ती काटिनेछ ।

धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved