हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 01:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको घोषणा भएको छ। ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १९औं र २०औं बार्षिक साधारण सभाको क्रममा हिमालयन हाइड्रो एक्स्पो २०२२ को मिति घोषणा भएको हो 

एक्स्पो आगामी अप्रिल १ देखि अप्रिल ३ सम्म काठमाडौँको भृकुटीमण्डपमा हुने छ । एक्स्पो संचालनको लागि आज नै इभेन्ट सोलुसनसँग इप्पानले सम्झौता गरेको छ।  इप्पानको तर्फबाट महासचिव गोरे शेर्पा र इभेन्ट सोलुसनको तर्फबाट अध्यक्ष विजय सागर प्रधानले सम्झौता गरेका हुन् । 

एक्स्पोमा सम्पूर्ण हाइड्रोपावर इन्डस्ट्रीको सहभागिता रहने र ५० हजारले एक्स्पो अवलोकन गर्ने इप्पानले अपेक्षा गरेको छ । एक्स्पोमा क्यानडा र भारतको छुट्टै पेभिलियन रहने र अन्य देशहरुपनि सहभागी हुने इप्पानले जनाएको छ 

यस अघि सन् २०१८ र सन् २०१९ मा हिमालयन हाइड्रो एक्स्पो भएको थियो  । सन् २०१९ को हाइड्रो एक्स्पोमा 'हेलीकप्टर भिजिट' र 'रोबोटिक कम्पिटिशन' लगायतका आकर्षण थिए । त्यसपछि कोभिडको कारण एक्सपो हुन सकेको थिएँन 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved