हरि बैरागी दाहाललाई ऊर्जा ज्योति सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 01:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विभिन्न उर्जा उद्यमीहरुलाई सम्मान गरेको छ । संस्थाको १९औं र २०औं बार्षिक साधारण सभाको क्रममा इप्पानले सम्मान पत्र प्रदान गरेको हो । 

इप्पानले स्वर्गीय हरि बैरागी दाहाललाई रु. एक लाख नगदसहितको २०७७ सालको ऊर्जा ज्योति सम्मान प्रदान गरेको छ। उनकी श्रीमती लक्ष्मी दाहालले सम्मानपत्र ग्राहक गरेकी हुन् । यो सम्मान इप्पानका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नी छोरी श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरेका हुन् । उर्जा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई कदर स्वरुप हरेक वर्ष यो सम्मान प्रदान गरिने गरिन्छ । 

त्यस्तै इप्पानले इप्पानका संस्थापक अध्यक्ष स्व. प्रभाकर शमशेर जबरालाई मरणोपरान्त सम्मान गरेको छ । इप्पानले संस्थाका ४ जना पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरेको छ  । इप्पानले पूर्वअध्यक्षहरु  सन्दीप शाह, डा. सुवर्णदास श्रेष्ठ,  खड्ग बहादुर बिष्ट र शैलेन्द्र गुरागाईंलाई सम्मान पत्र प्रदान गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved