भारतले हाम्रो बिजुली नकिन्न सक्छ, नेपाल मै खपत गर्नु पर्छ : प्रधानमन्त्री देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 02:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गर्नु पर्ने बताएका छन् । ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको साझा संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १९औं र २०औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतले नेपालको बिजुली नकिन्न पनि सक्ने भएकोले नेपालमा अने खपत गर्नु पर्ने बताएका हुन् 

उनले निजि क्षेत्रले बिजुली खपतको कार्ययोजना ल्याए सरकारले इन्सेन्टिभ दिने पनि बताए । विद्युतीय गाडी, विद्युतीय चुल्हो लगायतमा खपत बढाउनु पर्ने उनको सुझाव थियो । काठमाडौंमा विद्युतीय बस चलाउन सकिने उनले बताए । उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई इन्सेन्टिभ दिने बताएका हुन्

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमूना बनाउन सकिने भएकोले विद्युत खपत बढाउँनको लागि काम गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । त्यसको लागि सरकारले आवश्यक सहयोग गर्ने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved