नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको लाईसेन्स, अब लाभांश वितरण गर्न सक्ने अवस्थामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 03:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

तल्लो इन्द्रावती हाइड्रोपावर परियोजनाको लाईसेन्स  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको छ । सबै प्रक्रिया पुरा गरेपछि विद्युत विकास विभागका महानिर्देशक सन्दिप कुमार देवले आज नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेलाई लाईसेन्स प्रदान गरेका हुन् । 

सबै भन्दा बढी रकम कबुल गरेको नेशनलले नै लाईसेन्स पाएको हो ।  यस आयोजनाको लागि विभागले प्राविधिक रुपमा योग्य देखिएका नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइबा एण्ड लामा, आरएम इन्भेष्टमेनट कम्पनी, र लोवर इर्खुवा हाइड्रोपावरलाई आर्थिक प्रस्ताव पेश गर्न भनेको थियो । जसमा नेशनल हाइड्रोले नेपाल सरकारलाई सबैभन्दा बढी रकम बुझाउने कबुल गरेको थियो । 

 खुला बिडिंग मार्फत आब्हान गरिएकोमा तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना निर्माणको लागि यी ४ संस्था प्राविधिक रुपमा योग्य ठहरिएका थिए । जसबाट नेशनलले लाइसेन्स पाएको हो ।  तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना ४ दशमलव ५ मेगावाटको परियोजना हो। नेशनलले लाईसेन्स पाएसंगै उसको ६५ करोड रुपैयाँ ‘राइट ब्याक’ हुने छ र कम्पनी लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने छ


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved