सिनर्जी पावरको ५० प्रतिशत हकप्रद प्रक्रिया अगाडी बढ्यो, पायो डबल बि प्लस रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 06:49:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १५ औ बार्षिक साधारणसभाबाट पारित गरेको ५० प्रतिशत हकप्रद निश्काशनको प्रकृया अगाडि बढाएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि रेटिङ प्रक्रिया सम्पन्न गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि रेटिङ एजेन्सी ईक्रा नेपालबाट डबल बि प्लस रेटिङ प्राप्त गरेको छ। यस रेटिङले कम्पनीको अवस्था औषत रहेको र कम्पनीको लगानीमा मध्यम जोखिम रहेको देखाउछ ।

सिनर्जी पाव गत आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश घोषणा गरि साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी बनेको थियो । कम्पनीले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले अब १५ औ बार्षिक साधारणसभाले पारित गरे बमोजिम बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी ८०,६५,७५,००० को ५० प्रतिशत ४०,३२,८७,५०० कित्ता शेयर निस्काशनको प्रकृया अगाडी बढाएको हो ।

यस अघि नै हकप्रद प्रकृया अगाडि बढाउने तयारी भए पनि बिद्युत नियमन आयोगले जारी गरेको 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' का कारण केहि समय ढिला हुन पुगेको कम्पनीले उल्लेख गरेको छ। अब भने कम्पनीले सबै प्रकृया पुरा गरि हकप्रदको निस्काशनको लागि तयारी थालेको जनाएको छ। कम्पनीले यस अघि नै हकप्रद शेयर निस्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ।

हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेकोएपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाईएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved