१६० मेगावाटको प्रोजेक्ट बनाईरहेको मोतीलाल दुगडको नासा हाइड्रोपावर पब्लिक कम्पनीमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 09:10:06 AM मा प्रकाशित

laxmi  sunrise bank

 ब्यापारिक घराना एम. भि. दुगड ग्रुप अन्तर्गतको नासा हाइड्रो प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण भएको छ । कम्पनीको २०७८/७/१५ मा सम्पन्न विशेष साधारणसभाले पब्लिकमा रुपान्तरण हुने प्रस्ताव पारित गरेकोमा २०७८/१०/५ गते कम्पनीले रजिष्ट्रार कार्यालयले पब्लिकमा जान स्वीकृति दिएको हो 

पब्लिकमा गएसंगै कम्पनीको नाम नासा हाइड्रोपावर लिमिटेड कायम भएको छ ।  यस कम्पनीको अध्यक्ष मोतीलाल दुगड हुन् । उनी हाल सनराइज बैंकका पनि अध्यक्ष हुन् 

हाल नासा हाइड्रोपावरले दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना निजिक्षेत्रको लगानीबाट निर्माण कार्य भईरहेको देशकै ठूलो आयोजना हो  । आयोजनामा नेपाल बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तिय संस्थाहरुले लगानी गरेका छन्। २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा ९ वटा बैंक तथा बित्तिय संस्थाहरुले १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्झौता भएको थियो।  आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब,  हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डौले १ अर्ब तथा कृषि बिकास बैंकले  १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाख लगानी गर्ने सम्झौता भएको थियो।

कम्पनीले २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट ब्यापारिक उत्पादन सुुरु गरिने लक्ष्य राखेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved