आजबाट सुरु हुदै युरोकप, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 09:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मिनी विश्वकपको रुपमा चिनिने युरो कप प्रतियोगिता आजदेखि सुरु हुदै छ । युरोप महादेशका टिमहरुले मात्र सहभागिता जनाउने यो प्रतियोगितामा आज जुन ११ देखि जुलाई ११ तारिखसम्म चल्ने छ । 

सन् २०२० मै हुनु पर्ने यो प्रतियोगिता कोरोना भाइरस महामारीको कारण सन् २०२१ मा हुन लागेको हो । प्रतियोगितामा  कुल २४ टिम रहेका छन् । प्रतियोगिताको ६० वर्षे इतिहासमा पहिलो पटक युरो कपका खेलहरु युरोपका विभिन्न ११ देशमा हुने छन् । 

को को छन् सहभागी टिम ?

प्रतियोगितामा टर्की, इटाली, वेल्स, स्विजरल्याण्ड, डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया, नेदरल्याण्ड, युक्रेन, अस्ट्रिया, नर्थ मेसोडोनिया, इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक, स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया, हंगेरी , पोर्चुगल , फ्रान्स र जर्मनीले सहभागिता जनाउने छन्

यी २४ टिमलाई ६ समुहमा विभाजन गरिएको छ । हरेक समुहको समुह बिजेता र समुह उपविजेताहरु अर्को चरणमाप्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थानमा रहने मध्येबाट उत्कृष्ट ४ टिम पनि दोस्रो चरण पुग्ने छ 

उद्घाटन खेलमा इटाली र टर्की भिड्ने छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको सबै खेलहरु सोनी स्पोर्ट्स नेटवर्कले प्रत्यक्ष प्रसारण गर्ने छ ।  सोनी सिक्स, सोनी टेन वान, सोनी टेन टु र सोनी टेन फोरमा प्रतियोगिता हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved