डेनमार्कका खेलाडी एरिकसन मैदानमै ढले, खेल स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 10:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

हिजो शुक्रबारबाट सुरु भएको युरो कप २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमै ढलेका छन् । फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी एरिकसन मैदानमै ढलेपछि खेल स्थगित भएको छ । 

न्यूयोर्क टाइम्सका अनुसार एरिकसन हुरिएर ढलेपछि ‘अन्मुभ्ड’ भएका थिए । लगत्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरेर अहिले उनलाई डगआउटमा ल्याएर पुनः उपचार गरिँदैछ । एरिक्सनको मैदानमै १५ मिनेट बढी समय उपचार गरेपछि मैदान बाहिर लागिएको छ । उनको मैदानमै कार्डियोपल्मोनरी रेसुससिटेसन (सिपिआर) गरिएको न्युयोर्क टाइम्ले लेखेको छ । 

युइएफले मेडिकल इमर्जेन्सीका कारण यो खेल रोकिएको घोषणा गरेको छ ।

अहिले उनको स्वास्थ्य अवस्था बारे केही जानकारी गराईएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved