युरो कपमा स्वीडेनको पहिलो जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 09:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

युरो २०२० मा स्वीडेनले पहिलो जित निकालेको छ । आज साँझ भएको खेलमा स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्वीडेनले पहिलो जित निकालेको हो । 

समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको भएपनि ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । एमिल फोर्सबर्गले पेनाल्टीमार्फत गरेको गोल नै स्वीडेनका लागि जितका लागि पर्याप्त भएको हो ।

आजको जितसँगै दुई खेलबाट ४ अंक जोडेको स्वीडेनले नकआउट चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ । 

स्वीडेन पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved