विश्वबिजेता फ्रान्स युरोकपबाट बाहिरियो, इतिहास रच्दै स्विजरल्याण्ड क्वाटरफाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 09:28:00 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बिजेता फ्रान्स युरोपमा जारी युरो कप प्रतियोगिताबाट बाहिरिएको छ । आज बिहान भएको अन्तिम १६ को नकआउट खेलमा स्विजरल्याण्डले फ्रान्सलाई पराजित गर्दै इतिहास रचेको हो

नियमित समयमा खेल ३-३ को बराबरीमा भएपछि स्विजरल्याण्डले फ्रान्सलाई पेनाल्टीमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भएको हो । स्विजरल्याण्ड पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ

खेलको १५ औ मिनेटमा सेफोरोभिकको गोलबाट स्विजरल्याण्डले अग्रता लिएको थियो । पहिलो हाफसम्म स्विजरल्याण्ड १-० गोलले अगाडी रहेको थियो । तर दोस्रो हाफ सुरु भएपछि बेन्जेमाले ५७ औ र ५९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पोग्बाले ७५ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता बनाए । तर ८१ औ र ९० औ मिनेट स्विजरल्याण्डले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्यायो

थपिएको ३० मिनेटमा कुनै पनि गोल नभएपछि खेल पेनालिती सुट आउटमा गएको थियो । स्विजरल्याण्डलेपाएको ५ पेनाल्टीमा ५ गोल नै गरेको थियो । फ्रान्सले पनि पाएको ४ पेनाल्टीमा ४ गोल नै गरेको थियो । फ्रान्सका लागि अन्तिममा पेनाल्टी प्रहार गर्न आएका एम्बापेले पेनाल्टीमा गोल गर्न नसकेपछि स्विजरल्याण्डको जित पक्का भएको हो अब स्विजरल्याण्डले सेमिफाइनल प्रवेशको लागि स्पेनको सामना गर्ने छ

प्रतियोगिता अन्तर्गत आज इंग्ल्यान्डले जर्मनीसंग तथा स्विडेनले युक्रेनसंग खेल्ने छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved