ठूलो डटकमको ठूलो धमाका, १ रुपैयाँमै सामान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 02:49:43 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिङ साइटहरुले ग्राहकको लागि आकर्षकको अफर ल्याएका छन। यसै क्रममा ठुलो डटकमले १ रुपैयाँमा सामान बिक्रि गर्ने आकर्षक योजनासहित विभिन्न छुट सार्वजनिक गरेको छ।  कम्पनीले ठुलो दशैको, ठुलो धमाका” योजना अन्तर्गत दशैँ लक्षित योजना सार्वजनिक गरेको हो । 

ठूलो डट कमले वान रुपी सेलमा विभिन्न सामानहरु मात्र एक रुपैयाँमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको  ग्राहकले वान रुपी सेलमा दैनिक दिउँसो राती बजे बिभिन्न सामानहरु मात्र रुपैयाँ एकमा खरिद गर्न सक्ने छन् तर यसको लागी कनेक्ट आइ. पि.एस. बाट भुक्तानी गर्नु पर्ने छ

त्यस्तै कम्पनीले फ्ल्यास सेलमा थरिथरीका सामानहरुमा ४०% भन्दा माथि सम्मको छुट हुने योजना सार्वजनिक गरेको फ्ल्यास सेलमा दिइने अफर एक घण्टाको लागि हुने भएकोले ग्राहकहरुले सामान त्यही निश्चित समयमा नै खरिद गर्नुपर्ने यो अफर लिनको लागि ग्राहकहरुले खल्ती वालेट प्रयोग गरी  अन्लाइन भुक्तानी गर्नुपर्ने छ।

त्यस्तै कम्पनीले " लक्की हनड्रेड" अफर पनि सार्वजनिक गरेको । यस योजना अन्तर्गत सामानहरु खरिद गर्ने १० ग्राहकले लक्की ड्र् बाट हरेक दिन सरप्रइज गिफ्ट पाउने  छन।

 कम्पनीले १० हजार भन्दा धेरै सामानहरु १०० भन्दा बढी ब्रान्डहरुमा अतिरिक्त छुटको ब्यबस्था गरेको छ।  ग्राहकहरुले आफुलाई आवस्यकपर्ने सम्पूर्ण सामनहरु घरमै बसी बसी, ठुलो डट कमको मोबाईल एप वेबसाईट मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ 

कम्पनीले जिउँदो खसी, बोका र कुखुराहरु निशुल्क होम डेलीभरी समेत गर्ने भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved