सुरु भयो ‘फेस्टिवल शपिगं मार्केट’, बम्परमा मोटरसाईकल उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 03:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्व लक्षित फेस्टिवल शपिगं मार्केट सुरु भएको छ । पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले मेलाको उद्घाटन गरिन् । ‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहिहो बेला’भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । 

इभेण्ट सोलुसनले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न तथा सामान किन्नेलाई दैनिक उपहार दिईनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने आयोजक इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए । 

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पलका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । 

एक्सपोको प्रवद्र्धन काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवद्धन गरेका छन् । सपिंग मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved