सिभिल मलमा सपिङ गर्दा यामाहाको एफजेड बाइक जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 02:46:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल मलले चाडपर्वमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरहरु पउन सकिने भएको छ । 

मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ । सपिङ गर्ने एक जना उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एशिया बैंकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउने जनाइएको छ ।  

एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनाले ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनाले बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था छ । सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउने छन्।

मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिने छ। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिल मलकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म चल्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved