टीभीएसको चाडपर्व योजनाः १० लाख नगददेखि प्रोटोन सागा कारसम्म जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 04:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

टीभीएस मोटरसाइकलको वितरक जगदम्बा मोटर्सले टीभीएसका बाइक तथा स्कुटर खरिदमा ६ पटकसम्म उपहार जित्न सकिने योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित उपहार योजना सार्वजसनक गर्दै टीभीएसले ‘६ प्राइजको सरप्राइज’ योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा आकर्षक उपहार प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि बाइक तथा स्कुटर नकिनी भनस टीभीएस नेपाल डट कममा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्म नगद जित्न सक्नेछन् ।

योजनामा दैनिक रिएल मिसि२० स्मार्ट फोन उपहार स्वरुप पाउन सकिनेछ । 

हरेक साता शतप्रतिशत क्यास ब्याकको अफरमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् । हरेक महिना  टीभीएस अपाचे आरआर ३१० पाउने अवसर पनि छ । 

योजनाको मुख्य सरप्राइजमा भने बम्परमा टिभिएसको सवारीसँगै प्रोटोन सागा कार पाईनेछ । यो सँगै बम्पर उपहार जित्नेले रिएलमी स्मार्ट फोन र अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्।

सो योजना अवधिभर १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, अपाचे आरआर ३१० र प्रोटोन सागा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथा मार्फत हरेक शुक्रबार साँझ ६ः४५ बजे हिमालयन टिभीबाट प्रशारण गरिने छ ।

यो योजना भदौ १६ गतेबाट सुरु भइ चाडपर्व नसकिउन्जेल लागू हुनेछ । मुलुकभरिका सम्पूर्ण  टीभीएस सोरुमहरुमा यो योजन उपलब्ध हुने बताईएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved