बनेलीको दशैँ अफरः क्युआर स्क्यानमा १ लाख जित्नेदेखि १ लाख रुपैयाँ छुटसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 05:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले चाडपर्व अफर सार्वजनिक गरेको छ । दशैं, तिहार र छठको अवसर पारेर कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको हो । 

यो अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ । 

अफर अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न उपहार प्राप्त गर्न सकिने छ । 

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्नेछन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ ।

मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने केटीएम इन्टरनेशनल ट्रेडिङले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved