असोज १ बाट देशैभर दशैँ लक्षित सहुलियत पसल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 01:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।

असोज १ गतेबाट ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ वटा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङले ३८ वटा त्यस्ता पसल सञ्चालन गर्ने छ । 

सहुलियतका पसलहरु असोज २४ गतेसम्म सञ्चालन हुनेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूले बिक्रि गर्ने सबै खाले खाद्यवस्तुमा प्रतिकिलोमा १ रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म छुट दिने निर्णय गरिसकेको छ । 

खसी र च्याङ्ग्रा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नूनमा प्रतिकिलोमा २ रुपैयाँ छुट पाइनेछ भने चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छ । यस्तै तोरीको र सुर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाईनेछ । 

कम्पनीले १६ सय खसीबोका र १४ सय च्यांग्रा ल्याउने तयारी गरेको छ । 

खाद्यले काठमाडौँमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा यस्ता पसल सञ्चालनमा ल्याउने छ । 

साल्ट ट्रेडिङले भने कुन वस्तुमा कति छुट भन्ने निर्णय गरिसकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved