यस्तो छ ओपोको दशैँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 07:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 ओपोले दशैँको वसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ ।  सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।

 सहभागिताका लागि उपभोक्ताले कम्पनीएल तयार पारेको क्यापेनको वेबसाइटमा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने कम्पनीएल जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved