फोर्सको १० अफरः १० पटक निःशुःल्क सर्भिसिङदेखि १० प्रतिशत नगद छुटसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 12:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तथा तिहारलाई लक्षित गरी फोर्सको १० को अफर ल्याएको छ । फोर्स मोटर्र्सले ‘फोर्स मोटर्स दसैं तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।

अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्ट्समा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।

फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।

फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ । फोर्सको शोरुमहरु काठमाडौं, पोखरा, हेटौंडा, इटहरि, चितवन, बिराटनगर, झापा र जनकपुरमा छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved