गोदरेजको ‘कम खर्च धेरै बचत’ योजना सार्वजनिक, यस्ता छन् हात खाली नहुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 03:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै “नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । सामानमा ३१ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा २८ हजार ९०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा १५ हजार ३०० रुपैयाँ सम्मको, मैक्रोवेभ ओवन खरिदमा ७ हजार ५०० रुपैयाँ सम्मको, एअर कुलरको खरिदमा ५ हजार २०० रुपैयाँ सम्मको क्यास ब्याक र एसिमा ४ हजार रुपैयाँ बराबरको निशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ । 

गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ । 

गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस.एम.एस् गर्नुपर्नेछ । यो योजना भदौ ३० गतेदेखि सिमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved