वेस्टर्न युनियनको दशैँ विशेष ‘क्यास उत्सव’ अफरः ५ लाख जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 05:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “क्यासउत्सव” प्रबद्र्धन योजना ल्याएको छ । जसमा ग्राहकहरुले असोज १ गते देखि कार्तिक २५ गते सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । 

यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । 

यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिनेछ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा १ जना भाग्यशाली विजेताले ५ लाख नगद जित्न सक्ने छन् । 

हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरि भत्तूmानी दिइने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved