आइएमई मोटर्सको दशैँ अफरः आईफोन १२ प्रो म्याक्सदेखि बुलेट बाइकसम्म जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 05:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” नामक उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नुहुनेछ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सकिनेछ । 

ग्राहकहरुले  प्रत्यक आईसीभी हाउलेग, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन–१२ प्रो म्याक्स अथवा अथवा टीभीएस एनटीओआरक्यू स्कुटर पाउन सकिनेछ । 

आईसीभी हाउलेग, एमसीभी टिप्पर वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आईफोन–१२ प्रो म्याक्स अथवा ३५० सीसीको रोयल इन्फिल्ड बाइक पाईनेछ । 

कुनै पनि एच्सीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन–१२ प्रो म्याक्स अथवा अथवा टीभीएस एनटीओआरक्यू स्कुटर पाउन सकिनेछ । 

त्यस्तै गरी दुई वटा एच्सीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो साथै आईफोन–१२ प्रो म्याक्स अथवा अथवा ३५० सीसीको रोयल इन्फिल्ड बाइक पाईनेछ । 

बम्परमा तीन जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved