नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह, यस्तो छ ७ बुँदे अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 01:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नोटको जतन गर्न अनुरोध गरेको छ । दशैँलाई लक्षित गरेर नयाँ नोट सटही सेवा दिईरहेको राष्ट्रबैंकले नोट जतन साथ प्रयोग गर्नको लागि ७ बुँदे अनुरोध गरेको हो । 

यस्तो छ राष्ट्र बैंकको अनुरोध : 

• नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो, नोटलाई जतनसाथ प्रयोग गरौं ।

• नोटको जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौं ।

• नोटमा केरमेट नगरौं, नोटलाई मैलो पार्ने कुनै काम नगरौं, सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ ।•कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई-वालेटको प्रयोग गरौं ।

• नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य बन्द गरौं ।

•धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत आदि नपारौं । बरु खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गरौं ।

• भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरू पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौं वा जानकारी दिऔं ।


बैंकहरुले असोज ४ गतेदेखि दशैँको लागि नयाँ नोट वितरण गरिरहेका छन् । काठमाडौं उपत्यकाभित्रको हकमा बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत् समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ। 

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । यो भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो  ।  हरेक बन्डलमा सय वटा नोट हुन्छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved