एपीएफले दशैँमा निशुल्क बस चलाउने, यस्तो छ रुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 08:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसरमा सशस्त्र प्रहरी बल (एपीएफ) ले निशुल्क बस सेवा संचालन गर्ने भएको छ । एपीएफले गत वर्षहरुमा जस्तै यस वर्ष पनि निशुल्क बस सेवा संचालन गर्न लागेको हो।

एपीएफले असोज २८ गते नवमी र असोज २९ गते दशमीको दिन बस सेवा संचालन गर्ने भएको हो । बस सेवा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने छ ।

एपीएफले काठमाडौँका २ वटा रुटमा बस संचालन गर्न लागेको हो । पहिलो रुट एपीएफ प्रधान कार्यालय हल्चोकदेखि बनस्थली, बसुन्धरा, चाबहिल, कोटेश्वर , सत्दोबरो , कलंकी हुदै हलचोकसम्म नै चल्ने छ । त्यस्तै दोस्रो रुटमा हलचोकदेखि स्वयम्भु चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, बनस्थली हुदै हलचोकसम्म रहेको छ । अर्थात् एपीएफले चक्रपथमा निशुल्क बस सेवा संचालन गर्न लागेको हो ।

May be an image of text that says 'सशस्त्र प्रहरीबल शाम्ति सुरक्षा प्रतिब्दुता विजया दशमीको अवसर पारी सशस्त्र प्रहरी बल, नेपालको :शुल्क बस सेवा मिति २०७८/०६/१८ गते 90 :00 बजे देखि मिति २०७7/०६/१८ गते ৭७ :00 बजेसम्म स महोराजगज सामाखुसि वनस्थली वालाजुचोक सशस्त्रपहरी बल नेपाल कार्याल स्वम्भु चोक सुकेधारा सितापाईला चावहिल गौशला रूट नं. ৭ कलंकी स.प्र.बल, नेपाल प्रधान कार्यालय हलचोक देखि वनस्थली, बसुन्धारा, चावहिल, कोटेश्वर, सातदोबाटो कलंकी हुदै हलचोकसम्म एरपोर्ट बल्खू रूट नं. શ स.प्र.बल, नेपाल प्रधान तिनकुने कार्यालय हलचोक देखि स्वम्भु चोक कलकी, सातदोबाटो, कोटेश्वर, चावहिल, वनस्थली हुदै हलचोकसम्म एकान्तेकुना बालकुमार सालदोबाटो चक्रपथ परीक्रमा'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved