छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2022 | 11:03:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्य भगवानको पूजाआजा गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने चलन छ । 

दिनभर उपवास बसेका व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिने प्रचलन छ । 

छठ पर्व हिजो शुक्रबारबाट विधिवत रुपमा सुरु भएको हो । 

भोली आइतबार छठ पर्वको मुख्य दिन हो । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ । 

अर्घ्य दिने व्रतालु २ दिनसम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved