दशैँ गिफ्ट डेलिभरीको लागि उपायको विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 04:43:44 PM मा प्रकाशित

laxmi  sunrise bank

उपाय सिटी कार्गोले दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गरेर विशेष अफर ल्याएको छ। उपायले सामान डेलिभरीमा विभिन्न छुट सहितको अफर ल्याएको हो । 

अफर अन्तर्गत उपायले काठमाडौँ उपत्यका भित्र १ किलोसम्मको गिफ्टहरु पठाउन चाहानेहरुका लागि ९९ रुपैयाँ मात्र डेलिभरी चार्ज लिने भएको छ । चाडपर्वलाई लक्षित् गरेर कम्पनीले डेलिभरी शुल्क घटाएर ९९ रुपैयाँ मात्र कायम गरेको जनाएको छ ।

चाडपर्व सुरु भएसंगै कम्पनीले काठमाडौँ बाहिरका शाखाहरुबाट समेत डेलिभरी सुरु गरेको छ । काठमाडौँ बाहिरका शाखाहरुबाट भने ७० रुपैयाँमै सामान डेलिभरी हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यी अफर मङ्सिर ४ गते सम्म मात्र रहने छ ।

उपाय नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म हो ।  नेपालमै पहिलो पटक कम्पनीले ढुवानी सेवा अनलाईन प्रविधि मार्फत दिई ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । कम्पनीले देशभर ढुवानी तथा डेलिभरी सेवा प्रदान गरिरहेको छ ।

यो पनि : आक्रमक रुपमा लगानी विस्तार गर्दै उपाय, आइपिओमा जाने सहित यस्ता छन् भावी योजना

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved