राधा पोखरेल भन्छिन् 'नियामक निकायलाई दशैँले सद्बुद्धी देओस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 10:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल यसपालीको दशैं काठमाडौंमा नै मनाउँदै छिन्। आफूलाई घुमफिर गर्न निकै मन पर्ने बताउने उनी यसपाली आर्थिक क्षेत्रमा देखिएको मन्दीको कारण काठमाडौँ बाहिर जाने योजना नरहेको बताउछिन्।

आफ्नो कमाई सेयर बजारमा लगाएकी उनले अहिले बजार घट्दो अवस्थामा रहेका कारण पैसा सेयर बजारबाट पैसा नझिकेको बताउँछिन् । 

यसैवर्ष लगनगाँठो कसेकी राधाले दशमीको दिन आफ्नो घर थानकोट र माइती मण्डिखाटार कपनमा आफन्तहरुसँग टिका लगाई आर्शिवाद थाप्ने बताउँछिन् ।

विशाल बजार कम्पनीको सञ्चालक समेत रहेकी राधाले आफूलाई दशैंमा पिङ्ग खेल्ने औधी मन पर्ने हुँदा पिङ्गमा रमाउने योजना रहेको सुनाइन्। यसका लागि थानकोटमा पिङ्ग राख्ने स्थानको खोजीमा आफू रहेको निकै प्रफुल्ल मुद्रामा सुनाइन् । साथै दशैंमा चंगा उडाएर रमाउने पनि गरिन्छ । राधाले आफू चङ्गा उडाउन पनि निकै शोख रहेको बताउँदै आफू त्यसमा नै रमाउने बताउँछिन् । 

हुनत विगतका दशैंमा आफ्नो आफन्तजन भेट्न तराई हुँदै आन्तारिक पर्यटकको रुपमा देशको विभिन्न स्थानमा पुग्ने राधालाई यसपालीको मन्दीले छेक्यो । यद्यपी, आफ्नो खुसीलाई परिवारसँग साट्दै परिवारमा बसेर सेयर बजारको अवस्था र विकासका सम्बन्धमा मन्थन गर्ने उनको योजना छ । 

उनको घरमा सासु आमा, ससुरा बुबा र ससुरा हजुरबुवा साथै श्रीमान छन्  भने माइतीमा बुबा आमा, दाइ भाउजु र दिदीहरु छन् । राधाले आफ्ना यीनै आफन्तसँग आर्शिवाद थापी दशैं मनाउने छन् । 

आउँदो २०८० को दशैंमा सबैलाई शुभकामना व्यक्त गर्दै उनले महान दशैंलाई दशैंको रुपमा मनाउन र दशाको रुपमा नमाउन आग्रह गरेकी छिन्। दशैं असत्यमाथि सत्यको विजयको पर्व रहेको भन्दै उनले नियामक निकायले सेयर लगानीकर्तामाथि असत्य गरेको भन्दै नियामक निकायलाई दशैंले सद्बुद्धि देओस् भन्ने कामना समेत गरेकी छिन्। 


बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved