भेटायोले ४५ सयमा पुरै घर झिलिमिली पारिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 02:50:55 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत भेटायोले एउटा घर रु.४५०० ÷– मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने भेटायोले जनाएको छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत  विशेष छुटकोे   व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । जस अनुसार एयर कन्डिसनर खरिद गर्दा रु ३००० हजार सम्मको विशेष छुट पाउन सकिन्छ । थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १०% छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५% को क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

भेटायोले ३० दिनको सेवाको वारेन्टी पनि दिने छ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved