बेष्ट फाइनान्सको शाखा चाबहिल देव भवनमा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 05:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनी लिमिटेड Best Finance Company ले चावहिलमा रहेको  शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते काठमाडौ महानगरपालिका वडा न.७ हस्पिटल मार्गमा रहेको चावहिल शाखा कार्यालय चावहिल चोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अध्यक्ष खिम लाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहकहरुको उपस्थिति रहेको थियो।

कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई डिजीटल बैंकिङ्ग सेवा लगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved