नागरिक लगानी कोष Citizen Investment Trust ले ४ अर्ब बढी रकम मुद्दती खातामा राख्ने भएको छ । कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रकम मुद्दती निक्षेपमा लगानी गर्नको लागि सार्वजनिक सूचना प्रकाशन गरेको हो ।
कोषले यो रकम १ देखि २ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । कोषले वाणिज्य बैंकहरुलाई आफुले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर भदौ २१ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।