निक्षेप तथा कर्जा सुरक्षण कोषको बुलेटिन शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 06:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिसम्ममा सम्पन्न मुख्य क्रियाकलाप तथा गतिविधीहरुलाई समेटेर बुलेटिन प्रकाशनमा ल्याएको छ ।  कोषका काम, कारोबारसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी पारदर्शी रुपमा सम्बद्ध सरोकारवालाहरु समक्ष प्रवाह गर्ने एवं भविष्यका लागि अभिलेखित गर्ने उद्देश्यले  कोष स्थापनाको ४९ वर्ष पछि बुलेटीन प्रकाशनको शुरुवात भएको कोषले जनाएको छ ।  

कोषका संचालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, संचालकद्धय हुम बहादुर केसी र थान प्रसाद पंज्ञानी र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोष परिसरमा आज आयोजित एक कार्यक्रमबीच उक्त बुलेटिनको शुभारम्भ गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै डा. घिमिरेले कोषले थालनी गरेको कामको प्रसंशा गर्दै अर्ध बार्षिक रुपमा प्रकाशन गर्ने भनिएको बुलेटीनलाई संभव भएसम्म चौमासिक रुपमा प्रकाशन गर्न सकिने सुझाव दिए  । उनले संस्था सबल हुन कर्मचारीहरुमा उच्च मनोवलका साथै प्रतिस्पर्धी क्षमता हुनुपर्ने धारणा व्यक्त गर्दै सोही अनुरुप क्रियाशील हुन कर्मचारीहरुलाई अभिप्रेरित गरे ।

कार्यक्रममा कोषका विभागीय प्रमुख तथा कर्मचारीहरु, मिडियाका प्रतिनिधी, बैंकर्स लगायतको उपस्थिति थियो । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved