राष्ट्र बैंकले आवद्द नहुन आग्रह गरेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ के हो, किन छ जोखिम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 09:37:07 AM मा प्रकाशित

laxmi  sunrise bank

Virtual Currency, Cryptocurrency, E-money र Digital Currency

Virtual Currency लाई विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, वास्तविक मुद्रा (real money or fiat currency) जस्तै कार्य गर्न सक्ने, निजी क्षेत्रबाट जारी गरिएको र Legal Tender Status प्राप्त नगरेको तथा राज्यको जमानी (State Backing) नभएको Speculative Assets को रूपमा बुझ्न सकिन्छ ।

Virtual Currency विशेष गरेर दुई प्रकारको हुन्छ । केन्द्रीकृत Virtual Currency को एकल Administrator हुन्छ, जसले नियम बनाउँछ र Virtual Currency लाई Fiat Currency मा भुक्तानी दिन सक्छ । विकेन्द्रीकृत Virtual Currency लाई Cryptocurrency भनेर चिनिन्छ । Cryptocurrency विद्युतीय माध्यमबाट कनै वित्तीय संस्थाको मध्यस्थताविना नै रकमान्तर गर्न सकिन्छ । यसमा Cryptography को प्रयोग गरी बेनामी (Anonymous) कारोबार हुने गर्दछ र यसको लेखाङ्कन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन (Block Chain) प्रविधिमार्फत गरिन्छ । जनवरी २०२२ सम्ममा ८,००० भन्दा बढी Cryptocurrency रहेको अनुमान गरिएको छ । Bitcoin पहिलो र सबैभन्दा व्यापक Cryptocurrency हो । Cryptocurrency वा Virtual Currency लाई Electronic Money (e-money) भन्दा भिन्न रूपमा बुझ्नु पर्छ ।

E-money भनेको Fiat Currency के विद्युतीय स्वरूप हो, जुन वास्तविक मुद्राको Value लाई विद्युतीय माध्यमबाट Transfer गर्न प्रयोग गरिन्छ । मोबाइल बैंकिङमा रकमान्तर हुने मुद्रादेखि लिएर भुक्तानी सेवा प्रदायक संस्थाको e-wallet मा भएको रकम e-money हो । Digital Currency ले दुवै Virtual Currency र e-money लाई समेट्छ । केन्द्रीय बैंकले समेत कागजी मुद्राको सट्टामा Digital Currency जारी गर्न सक्छ, जसलाई Central Bank Digital Currency (CBDC) पनि भनिन्छ । CBDC वास्तविक मुद्रा (Real Currency or Fiat Currency) के अभौतिक स्वरूप हो र यसलाई जारी गर्ने देशको सरकारले पूर्ण रूपमा जमानी दिएको हुन्छ ।

Network Marketing तथा Pyramid Scheme मा आधारित व्यवसाय

Network Marketing भन्नाले यस्तो खालको व्यवसाय हो जसमा नयाँ ग्राहकलाई सदस्य बनाइन्छ र तिनलाई थप नयाँ ग्राहकहरू बनाई सामान (Products) वा सेवा (Services) बिक्री गर्न प्रोत्साहित गरिन्छ । ती ग्राहक अन्तर्गतका ग्राहकहरूले सामान वा सेवा खरिद गरे बमोजिमको कमिशन पनि दिने व्यवस्था गरेको पाइन्छ । यस्ता व्यवसायलाई Multi-level-Marketing (MLM) भनेर पनि बुझिन्छ । MLM व्यवसायमा राम्ररी नबुझी संलग्न भएमा यो Pyramid Scheme मात्र पनि सञ्चालित हुनसक्छ, जसबाट ठगिने सम्भावना उच्च हुन्छ । Pyramid Scheme मा आफ्नो ग्राहक सदस्यलाई सामान वा सेवाको बिक्रीको प्राप्त नाफाबाट भन्दा पनि नयाँ ग्राहकको सदस्यता शुल्कबाट प्राप्त रकम बाँड्ने गरिन्छ । Pyramid Scheme मा Hierarchical Setup हुन्छ, जुन भनेको जो व्यक्तिअन्तर्गतको सञ्जाल बढी भयो उसले झन् बढी कमाउन सक्छ । यस्तो Scheme प्राय नयाँ सदस्य थप हुन कम भएपछि उदाङ्गो (Exposed) हुने गर्छ र भर्खर सदस्यता लिई ठूलो संख्यामा रहेका नवप्रवेशीहरू पीडित हुने अवस्था आउन सक्छ । सूचना प्रविधिको विकास र इन्टरनेट पहुँचमा वृद्धि भएसँगै Network Marketing व्यवसायले झन् धेरै विस्तारित रूप लिएको तथा Cross-border रूपमा समेत गतिविधि बढाउने मौका पाएको अवस्था छ ।

अधिकांश रूपमा यस्ता व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पनि पाइएको छ । नेपालमा पनि Jocial, Crowdi, Solemax Global जस्ता संस्थाले आफूलाई Marketing Company दावी गर्दै Pyramid Scheme सञ्चालन गरिरहेको समाचार सञ्चार माध्यममा आएका छन् । Cryptocurrency मा भएको विकासबाट MLM व्यवसायले पनि लाभ लिन थालेको पाइन्छ । यस्ता व्यवसायले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहित गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत नयाँ व्यक्तिलाई Cryptocurrency किन्न लगाउन प्रोत्साहन गर्ने र आफ्नो सञ्जालअन्तर्गत बिक्री गरेवापत कमिसन दिने गरेको पाइएको छ ।

Cryptocurrency  को कारोबार÷लगानीसँग सम्बन्धित जोखिम तथा कानुनी व्यवस्था 

केही मुलुकले व्यवसायीलाई भुक्तानीको रूपमा स्वीकार्न छुट दिएको भए पनि El Salvador बाहेक कुनै पनि मुलुकले Cryptocurrency लाई Legal Tender को मान्यता नदिएकोले सोबाहेक अन्य मुलुकमा यसलाई मुद्राको रूपमा वा भुक्तानीवापत स्वीकार्न कानुनी वाध्यता रहेको देखिदैन । नेपालमा Cryptocurrency लाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ। अन्य केही मुलुकले Cryptocurrency लाई मुद्राको रूपमा मान्यता नदिएको तर डिजिटल सम्पत्ति (Digital Assets) को रूपमा मान्यता दिई यसको Mining, खरिद बिक्री (Purchase/Sale) र Ownership लाई नियमन गरी वैधानिकता दिएको पाइन्छ । नेपालमा कानुनी अभावका कारण हालसम्म Cryptocurrency लाई डिजिटल सम्पत्तिको रूपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार रहँदैन । अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्छ । Cryptocurrency विदेशस्थित विभिन्न Exchange मा डिजिटल सम्पत्तिको रूपमा अमेरिकी डलरजस्ता Fiat Currency मा किनबेच हुने भएकाले विदेशबाट त्यस्तो Cryptocurrency खरिद गर्दा विदेशी मुद्रा अपचलन हुने तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ समेत उल्लङ्घन हुने देखिन्छ । तसर्थ, बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको E-Wallet बाट मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानुनी रहेको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी दिन वा विदेशबाट भक्तानी प्राप्त गर्न प्रतिबन्ध गरेको सन्दर्भमा अनौपचारिक माध्यमबाट हण्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशबाट Cryptocurrency खरिद गर्दा यस ऐन र माथि उल्लिखत विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ दुवै उल्लङ्घन हुने देखिन्छ ।

Cryptocurrency को मूल्यमा उच्च उतारचढाव हुने देखिएको र यो विशेष गरेर सट्टेवाजी गर्ने लगानीकर्ताले किनबेच गर्ने देखिएको हुँदा यसमा लगानी गर्नु अत्यधिक जोखिमपूर्ण देखिन्छ । उदाहरणको लागि २०२१ नोभेम्बरदेखि २०२२ जनवरीसम्मको अवधिमा Bitcoin को मूल्यमा ४० प्रतिशतले गिरावट आएको थियो । त्यसैले यस्तो लगानीमा छोटो अवधिमा नै उच्च घाटा हुने सम्भावना रहन्छ । Cryptocurrency सँग सम्बन्धित लगानी आतड़वादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नको लागि प्रयोग गर्ने माध्यम हुने गरेको देखिएको छ । विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नको लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी तथा दण्डनीय रहेको छ। Cryptocurrency एउटा उदीयमान प्रविधि भएको र यससँग सम्बन्धित ब्लकचेन प्रविधि विशिष्ट किसिमको भए पनि यो नै मुद्राको भविष्य हो र यो कालान्तरमा निसन्देह वहुमूल्य हुन्छ भन्दै अपुष्ट एवम् भ्रामक प्रचार भइरहेको पाइएको छ । Cryptocurrency को कुनै आन्तरिक मूल्य (Intrinsic Value) नभएको, विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मद्रा जारी गर्ने क्रममा रहेको र भविष्यमा प्रविधि विकासको स्वरूप अनिश्चित रहेको सन्दर्भमा ब्लकचेन प्रविधिले अन्य आयाममा नाटकीय परिवर्तन ल्याउने सम्भावना रहे पनि Cryptocurrency लाई लगानीकर्ताले लत्याई यसको मूल्य न्यून हुन सक्ने सम्भावना रहन्छ ।

Network Marketing को व्यवसायसँग सम्बन्धित जोखिम र कानुनी व्यवस्था

आफूलाई Marketing Company भनेर दावी गर्ने तर Pyramid Scheme को मोडेलमा सञ्चालन भएको हन सक्ने भएकोले Network Marketing व्यवसायमा आबद्ध हुने ग्राहकहरू ठगीमा पर्न सक्ने देखिन्छ । विशेष गरी भर्खर सदस्यता लिएका नवप्रवेशी सदस्यहरू बढी पीडित हुने गरेको देखिन्छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ ले Network Marketing पिरामिडमा आधारित व्यवसायलाई बन्देज गरेको छ र सो ऐनको उल्लङ्घन गरेमा सोही ऐनबमोजिम दण्डित गरिने व्यवस्था छ। नवीन प्रविधिको सहयोगमा विदेशबाट सञ्चालित रहेको Network Marketing व्यवसायमा आबद्ध भई भुक्तानी पठाउँदा अवैधानिक तरिकाले हुण्डीमार्फत पैसा विदेशिन सक्ने हुन्छ, जुन कार्यलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले प्रतिबन्ध लगाएको छ । Hyperfund जस्ता Cryptocurrency संग सम्बन्धित कोष पनि Network Marketing मोडेलमा सञ्चालित रहेको जानकारी आएकोले यसमा लगानी गर्दा विदेशी मुद्रा अपचलन हुने र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ तथा वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ समेत आकर्षित हुने देखिन्छ ।

Cryptocurrency तथा Network Marketing अन्तर्गतको कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम (ML/TF Risks): Cyptocurrency को कारोबारमा सम्पत्ति शद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम (ML/TF Risks) हुने देखिन्छ । Cyptocurrency को कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम (ML/TF Risks) बारे FATF ले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको थियो, जसमा Anonimity, Segmentation of Services, Decentralized System आदिबाट ML/TF Risks हुने औंल्याइएको छ।

ठगी तथा कर छली (Fraud and Tax Evasion): Cyptocurrency को प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ । Financial Stability Institute (FSI) को April 2021 को प्रतिवेदनमा उल्लेख भएअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा Criminally Associated Bitcoin Address बाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ । Network Marketing को व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकारात्मक असर पर्ने देखिन्छ।

वित्तीय ग्राहक सुरक्षा (Consumer Protection) मा चुनौती: Cyptocurrency को कारोबारबाट Consumer Protection मा पनि असर गर्ने देखिन्छ । नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहन्छ ।

Capital Movement को नियमनमा चुनौती: Cyptocurrency को प्रयोगबाट Capital Movement को नियमनमा पनि असर गर्ने देखिन्छ । नेपाल जस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा Cyptocurrency मार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ । यसै गरी, नवीन प्रविधिको सहयोगमा Cross-border रूपमा सञ्चालित Network Marketing व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पुँजी पलायन हुन सक्ने देखिन्छ ।

वित्तीय स्थायित्व (Financial Stability) मा असर: Cyptocurrency को बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने देखिन्छ । IMF ले अक्टोबर २०२१ मा जारी गरेको Global Financial Stability Report (GFSR) मा Cryptocurrency लाई 'विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक' भनेर उल्लेख गरिएको छ ।

मौद्रिक नीति (Monetary Policy) मा असर: Cryptocurrency निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदाय (Money Supply) मा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने देखिन्छ ।

विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पार्ने: Cryptocurrency को कारोबार लगानी तथा Network Marketing व्यवसायबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

 Cryptocurrency तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा Network Marketing आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

निष्कर्षः

पछिल्लो दशकमा विश्वव्यापी रूपमा Cryptocurrency को प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ । यसै गरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित Network Marketing व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी Cryptocurrency को प्रयोग, यससँग सम्बन्धित लगानी र Network Marketing व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ।

नोट: यो चेतनामूलक सामग्री Cryptocurrency  तथा Network Marketing सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयले तयार पारेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved