हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा कति घट्छ पेट्रोल र डिजेलको खपत ? (हिसाबसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 17, 2022 | 10:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले हप्तामा २ दिन बिदा दिने विषय मन्त्रिपरिषद बैठकमा छलफलको विषय बनिरहेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यो विषय बहसको विषय भएकाले निर्णय भईनसकेको बताएका छन् ।

तर, आयाल निगम र अन्य सरोकारवालाहरु पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा २ दिन बिदा दिनुपर्ने विषय जोडतोडले उठाईरहेका छन् । यसमा अर्थ मन्त्रालय पनि सहमत छ । 

विश्व बजारमा इन्धनको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालले आयातमार्फत गर्ने खर्चको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थमै खर्च गरिरहेको छ । त्यसैले पनि इन्धनको खपत घटाउन हप्तामा २ दिन बिदा दिने विषयमा अहिले सरकारले विभिन्न छलफल गरिरहेको अर्थमन्त्री जनार्दन शर्माले नै पुष्टि गरिसकेका छन् । उनका अनुसार शनिबार र अरु सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन नचलाउने नियम बनाउने र कडाईका साथ अनुगमन गरिने तयारी छ । 

शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थ खपत घट्ने र खपत घट्दा विदेशी मुद्रा सञ्चिति जोगिने भन्दै यस्तो ‘आईडीया’ आयाल निगमले नै निकालेको हो । 

अहिले कति छ खपत ?

निगमका अनुसार नेपालमा गत वर्ष (सन् २०२१ मा) ६३ हजार किलोलिटर पेट्रोल र १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । २०२२ को मार्चमा दैनिक औसत २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोटिलर डिजेल खपत भएको तथ्यांक निगमले निकालेको छ । १ किलोलिटरमा १ हजार लिटर हुन्छ ।

मार्चमा कुल ६३ हजार किलोलिटर पेट्रोललाई २५ दिन (४ शनिबार र २ सार्वजनिक बिदा बाहेकका दिन)लाई भाग लगाउँदा दैनिक औसतमा २५.२० सय किलोटिलर हुन आउँछ । 

मार्चमै खपत भएको कूल १ लाख ६० हजार किलोलिटर डिजेललाई पनि सोही अनुसार भाग लगाउँदा दैनिक ६४ सय किलोलिटर डिजेल खपत भएको छ ।

२ दिन बिदा दिँदा कति घट्छ खपत ?

अहिले प्रतिलिटर पेट्रोलको खरिद लागत मूल्य १८२.९२ रुपैयाँ छ । डिजेलको खरिद लागत मूल्य १६९ रुपैयाँ छ । 

निगमले निकालेको हिसाब अनुसार आइतबार बिदा थप गर्दा २५ सय २० किलोटिर पेट्रोलको खपत कम हुन्छ । जसअनुसार २५ सय २० किलोटिर भनेको २५ लाख २० हजार लिटर हो । २५ लाख २० हजार लिटरलाई प्रतिलिटर लागत मूल्य १८२.९२ रुपैयाँले गुणान गर्दा ४६ करोड ९ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको पेट्रोलको खपत कम हुन्छ । भन्नुको अर्थ, एक दिन बिदा थप गर्दा ४६ करोड ९ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको पेट्रोलको खपत कम हुन्छ । अब महिनामा ४ वटा आइतबार हुन्छन् । यी ४ आइतबार सार्वजनिक बिदा दिँदा १ अर्ब ८४ करोड ३८ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको पेट्रोलको खपत घट्छ ।

यसैगरी, एक दिनमा औसतमा खपत हुने ६ हजार ४ सय किलोलिटर डिजेल भनेको ६४ लाख लिटर हो । अब यसलाई प्रतिलिटर लागत मूल्य १६९ रुपैयाँले गुणान गर्दा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ हुन आउँछ । 

यसको अर्थ, एक दिन सार्वजनिक बिदा थप गर्दा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ बराबरको डिजेलको खपत कम हुन्छ । अब महिनाको ४ दिन बिदा थप हुँदा महिनामा ४ अर्ब ३२ करोड ६४ लाखको खपत कम हुन्छ । 

यसको मतलब महिनामा अहिलेकै अवस्थामा थप ४ दिन बिदा थप हुँदा १ अर्ब ८४ करोड ३८ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेलको आयात घट्छ । डिजेल र पेट्रोल गरी मासिक कुल ६ अर्ब १७ करोड २ लाख ३३ हजार ६ सय रुपैयाँको आयात घटी निगमको अहिलेको चाप कम हुने दाबी निगम र अर्थ मन्त्रालयको छ । यो आइतबार बिदा थप गर्दाको हिसाब हो ।

शनिबार बिदाको दिन पनि अन्य दिनको तुलनामा सोही बराबरको इन्धनको खपत कम हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved