पानी पुर्‍याउने मान्छेको सहाराले समातिएका थिए बम्जन, घरभित्रको दृश्यले प्रहरी नै चकित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 11:30:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तीन महिनापछिको अथक प्रयासपछि ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन हिजो मंगलबार पक्राउ परे। सीआईबीको टोलीले बम्जनलाई उनकै घरबाट पक्राउ गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी नेतृत्वको टोलीले बूढानीलकण्ठको हात्तीगौडास्थित बम्जनकै आलिसान घरबाट पक्राउ गरेको हो। फोनबाट 'ट्रेस' गरेर घर पत्ता लागेपनि बम्जन बसेको घर भित्र छिर्न भने सहज नभएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको भनाई छ। 


उनकाअनुसार पक्का सूचना पश्चात बम्जनलाई पक्रन बूढानीलकण्ठ हात्तीगौडास्थित उनको निवासमा पुगेपनि बाहिरबाट घरको ढोका लगाईएकाले घर भित्र प्रवेश गर्नलाई प्रहरीलाई झन्डै डेढ घण्टा पर्खनुपर्यो। 

घरको मूल ढोका बन्द भएको र घरको चारैतिर नाइट भिजन सहितको सिसिटिभी क्यामेरा राखिएकाले सिधै घरभित्र छिर्नलाई सहज नहुँदा बम्जनको घर पुगेको झन्डै डेढ घण्टापछि अर्थात मंगलबार बेलुका करिब ७.१५ मा मात्र पक्राउ गर्न सफलता मिलेको हो। 

बलजफ्ती ढोका खोलेर घर छिर्दा उनी भाग्ने सम्भावना रहेकाले उचित मौका कुर्दा समय लागेको थियो। बेलुका करिब ६ बजेनै घर पत्ता लागेपनि घरभित्र छिर्ने उचित मौका पर्खदा प्रहरीलाई अतिरिक्त करिब डेढ घण्टा पर्खनु परेको थियो। 

बम्जनको घरभित्र छिर्न प्रयास गरिरहेकै बेला उनको घरमा पानीको जार पुर्‍याउन एक जना मानिस आइपुगे। र उनि घर भित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पस्यो। जसले गर्दा प्रहरीले घरको चौथो तलामा रहेको दक्षिण तर्फको झ्यालबाट खालि रहेको भिरालो जमिनमा हाम फाली भाग्न खोज्ने क्रममा बम्जनलाई पक्राउ गर्न सफल भयो। 

 बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ ।

उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।

बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ गर्न सफल भएको बताइन्।

घरभित्रको दृश्यले प्रहरी नै चकित 

बम्जन बसेको घरभित्रको दृश्यले प्रहरी नै चकित भएको छ। तपस्वीको घर कुनै फाइभ स्टार होटल भन्दा कम नभएको देखेपछि बम्जनको विलासीता देखेर प्रहरी नै चकित बनेका छन्। चारतले घर, माथिल्लो तलामा जिमखाना, अटेच बाथरुमसहितको सुत्ने कोठा, महँगा गाडी घोडा, करोडौं नगद र जिन्सी सहितको विलासिता देखेर प्रहरीको टोलि नै अचम्मित बनेको थियो। त्यसो त प्रहरीले यसअघि उनको सिन्धुलीको आश्रममा छापा हान्दा उनको आश्रमभित्र स्विमिङ पुलदेखि जिम खानासम्म भएको भेटेको थियो। 

उनले करिब पाँच करोड पर्ने टोयोटाको हाइलक्स वाग्ममती प्रदेश–०१०२५च३६४० नम्बरको गाडी चढ्ने गरेको र अर्को महँगो गाडी समेत भएको प्रहरीले फेला पारेको छ। प्रहरीले उनक घरबाट तीन करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ नगद, करिब ३० लाख बराबरको १७ देशका विदेशी मुद्रा  र १५ थान मोबाइल सेट, बिभिन्न ब्राण्डका ल्यापटप, आइप्याड, ट्याब, बरामद भएको छ। 

बम्जनले सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी उनको प्रयोगको लागि ललितपुर जिल्ला वडा २२ बुगमती बस्ने बर्ष ४५ का बौद्द श्रवन धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराही स्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेड शोरुममा ५ करोडमा बुक भएको र ३ करोड भुक्तानी भईसकेको अनुसन्धानको क्रममा खुलेको छ। 

त्यस्तै बम्जनले नेपाली बजारमा अत्यन्त महंगा मानिएका क्रस फायर बाइक, ३९० सिसिका केटिएम डुइक, यामाहा रे जेडआर स्कुटर समेत ४ वटा मोटरसाइकल प्रयोग गर्ने गरेको समेत अनुसन्धानमा खुलेको छ। 

बम्जनको आश्रममा आनीको रुपमा रहेकीले दिएको जाहेरीअनुसार सर्लाही जिल्ला अदालतबाट बम्जनलाई पक्राउ गर्नलाई अनुमति मिलेको थियो।  हालसम्म बम्जनले चारजना अनुयायीलाई बेपत्ता पारेको उजुरी छ । २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।

यो पनि: 

बम्जन प्रकाउ प्रकरण: घर पत्ता लगाउन कोठा खोज्ने बहाना बनाएर एक हप्तासम्म घुमेका थिए प्रहरी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved