सोमबार सुनको भाउमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 10:44:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९२ हजार ४ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९१ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन छैन । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ८३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved