मंगलबार १ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 02:51:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९२ हजार ३ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९१ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन छैन । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved