तोलामा ७ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 11:07:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन ७ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved