घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 12:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ९ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved