बढ्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 11:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले बढेको हो ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै उकालो लागेको छ ।

तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० मा कारोवार भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved