सुनको भाउले नयाँ रेकर्ड बनायो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 10:40:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको हो ।  

आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ७ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४.५० रुपैयाँ तोकेको छ।

यस अघि : सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved