देशभरका निजि अस्पताललाई काेराेना अस्पतालकाे सूचीबाट हटाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 08:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारले मेडिकल कलेज बाहेकका सबै निजि अस्पतालहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ। आज बसेको कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसीएस बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा भोलि पुन सुचिकृत गरि सेवा प्रवाह गर्ने गराउने भएकाले तयारी अवस्थामा रहनलाई निजि अस्पताललाई संघीय सरकारले आग्रह गरेको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारिले जानकारी दिए। 

त्यस्तै कोभिड १९ अस्पतालको सुचिमा राखिएका अस्पतालहरुमा आज पुष १२ गतेसम्म भर्ना भई अबको दश दिनसम्म उपचार गराउने संक्रमितहरुको उपचार बापतको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोधभर्ना गर्ने केन्द्रले जानकारी गराएको छ। 

सरकारले कोभिड १९ को विश्वब्यापी महामारीलाई लिएर नेपालका मेडिकल कलेज का साथै निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा रुपान्तरण गरेको थियो। कोभिड १९ को असर न्यून देखिंदै गएको र यसका बिरामीहरु पनि कम हुँदै गएकाले सरकारले तत्कालको लागि नेपाल भरका निजि अस्पतालहरुलाई कोभिड १९ अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved